अमेरिकि नागरिकता लिएपछि नेपालको आफ्नो सम्पति चाहि के हुन्छ त?
सानुबावु सीलवाल
सात समुन्द्र पारि अबसरको मुलुक अमेरिकामा छिरेपछि मानिसको जुग बितेको पत्तै नहुने रहेछ। आएको पनि हिजो जस्तै लाग्दछ तर झन्डै १३ बर्ष बितेछ। यसो सोचेर ल्यायो झल्यास्स हुने गर्दछु। म जस्तै धेरै दाजुभाइ दिदि बहिनिहरुको पनि चालामाला चाहि यस्तै यस्तै हुनु पर्दछ। अमेरिकामा जुनसुकै तबर र हैसियतमा प्रबेश गरेर पनि यहाको नागरिकता नलिएसम्म इमिग्रेसन अर्थात अध्यागमन प्रक्रिया सम्पन्न हुन्न अर्थात पुरा हुन्न।
कानुनि कागजका लागि सघर्षरत गर्दागर्दै ५- १० बर्ष बित्ने रहेछ। ग्रिन कार्ड लियो तर नागरिकताका लागि ५ बर्ष कुर्नै पर्यो। जब नागरिकता प्राप्त गर्दछ उसको इमिग्रेसनको प्रक्रिया त सम्पन्न भयो तर आफ्ना आमाबाबु, दाजुभाइ, परिवार र छोराछोरिका निमित्त कानुनि कागजको प्रक्रिया थाल्दाथाल्दै अर्को ५-७ बर्ष बित्ने गर्दछ। भनेपछि एकजना मानिस अमेरिका प्रबेश पछि उसले आफ्ना परिवार र आफ्न्त यो मुलुकमा नभित्र्याएसम्म उ वा उनि चयनले बस्दैन र उसका अधिकाश डलर आम्दानि यिनै कानुनि कागज मिलाउने र वकिल मै खर्च हुने गर्दछ।
एउटा गहन प्रश्न उब्जियो अमेरिकामा। जब तपाइ अमेरिकन नागरिक बन्नु भयो त्यतिबेला तपाइका नेपालमा भएका घर, सम्मति, जग्गा, जमिन, जायजेथा भोग चलन गर्न पाउनु हुन्छ कि हुदैन त? यदि तपाइसङ्ग ग्रिन कार्ड छ त्यतिबेला सम्म तपाइको नेपालको नागरिक हक अधिकार र सम्पति एबम जायजेथाको नैसर्गित अधिकार रहनेछ तर जब अमेरिकन नागरिकता लिएपछि त्यो हैसियत के हुने? के नेपालमा भएका जायजेथा गुमाउन पर्ने हो वा तपाइले प्राप्त गर्ने अंश, सम्पतिको अधिकार रहन्छ कि रहदैन भन्ने हो।
अमेरिकामा रहेका कतिपय नेपालिहरुले नेपालमा रहेका आफ्ना श्रीसम्पति कानुनि रुपमा गुम्ने वा डुब्ने डरले प्राप्त गर्न सकिने अमेरिकन नागरिकता नलिकनै बसेका छन। श्रीमान वा श्रीमति एकले नागरिकता लिने र अर्कोले अर्को १० बर्ष ग्रिनकार्ड नै नविकरण गरि बसेका कैयौ उदाहरणहरु यो लेखकसङ्ग रहेको छ।
अब प्रश्न रह्यो के त हामिले त्यो ठिक गर्यौ वा बेठिक?यस बारेमा तल्लो स्तरसम्म जानकारि र सहि सुचना पुगेको पाइदैन र थुप्रै नेपालिहरु बेखबर र तिनमा त्रासदि कायम रहेको देखिन्छ।
अब के हुन्छ त तपाइले अमेरिकन नागरिकता लिनुभयो र तपाइको श्रीसम्पति नेपालमै छ र जुन तपाइको नाममा छ वा तपाइका आमाबाबु वा दाजुभाइ दिदिबहिनिहरुको नाममा छ वा भागसान्ति नै गर्न बाकि छ?
जब तपाइले अमेरिकन नागरिकता लिनु भयो भने त्यतिबेला तपाइले कानुनि रुपमा नेपालमा भएका सम्पतिको अधिकार र त्यसलाइ अध्याबधिक राखि राख्ने अधिकार गुमाउनु हुनेछ त्यहि भन्छ अमेरिकि कानुनले अर्थात तपाइले आफ्नो सम्पति बिबरण वा कर दाखिला गर्दा तपाइको जायजेथा उल्ल्लेख गर्न सक्नुहुनेछ तर अमेरिकि कानुनले अमेरिकि कानुन कै आधारमा तपाइको नेपालको सम्पतिका बारेमा औधि खोजतलास नगरेसम्म वा तपाइसङ्ग भएका सम्पति, धन मौजात वा कुनै पनि एसेटस अमेरिकि सरकारलाइ सो गर्न सक्नुहुनेछ तर जुन कुरा नेपालको कानुन र नेपाल सरकारको नियमसङ्ग तपाइ बाधिनु हुनेछ।
घर किन्ने, ब्यबसाय किन्ने, ब्यबसाय चलाउने र आर्थिक कारोबारका हकमा कानुनसङ्ग नबाझिने वा कानुन उलङ्घन नहुने हदसम्म तपाइले तपऐको सम्पति कायम त राख्न सक्नु हुनेछ तर तपाइ नेपालमा पर्यटकको हैसियतमा शुल्क तिरेर निश्चित समयसम्म समय आज्ञा प्राप्त गरि नेपाल बस्दा वा आफ्ना आर्थिक गतिबिधि सन्चालन गर्दा वा सम्पति भोगचलन वा किनबेचमा नेपाल सरकारको स्विक्रिति लिनु पर्नेछ। नेपालमा आर्जित रकम डलरमा कन्भर्ट गरि बाहिरिन दिदैन नेपाल राष्ट्र बैङ्कले र अमेरिकन सरकारले पनि १० हजार भन्दा बढी रकम ल्याउदा त्यसको स्रोत र कानुनि आधार खोज्नेछ। त्यसका लागि मनि लण्डरिङ्ग र मनि सर्भिस बिजिनेसको नियम र कानुन लाग्नेछ तपाइलाइ। जब सम्म स्रोत खोल्नुहुन्छ र कानुनि रुपमा जायज भएको हकमा आम्दानि कर र आय स्रोतको कानुनि प्रक्रियाको अबज्ञा गर्न मिल्दैन तपाइले।
मुख्यत तपाइ अमेरिकन नागरिक बन्नु भयो र तपाइको नेपालको जायजेथा अन्य ब्यबहारिक र घुमाउरो हिसाबले तपऐ बेचबिखन गरि आम्दानि सार्न त सक्नुहुन्छ तर कानुनि हिसाबले तपाइ अप्ठेरोमा पर्नु हुनेछ। म अमेरिकामा हुदा अमेरिकन नागरिकता प्रयोग गर्दछु र नेपालको एयरपोर्ट सम्म अमेरिकि पासपोर्ट बोक्छु र नेपालको बिमानस्थलमा पुगे पछि नेपालि नागरिकता खल्तिबाट झिकेर नेपालि नागरिकका हिसाबले चल्छु र कारोबार गरि बच्न सक्छु भनेर चोर बाटो जानु भयो र कथमकदाचित अनुसन्धान र रिपोर्टको आधारमा तपाइ समातिनु भयो भने चाहि तपाइ नराम्ररि फस्नु भयो। यो काम कदापि नगर्नु होला।
तपाइले अमेरिकन नागरिता लीसक्नु भएको छ र तपाइको नाममा नेपालमा अझै जायजेथा बाकि छ भने बिस्तारै बेचबिखन गर्ने वा आफन्तका नाममा नामसारि गरि आफ्नो नामबाट स्वतन्त्र हुनुहोस। ढिलाइ गर्दा वा अटेरि गर्दा भोलि सम्पतिको दोहोरो कर एबम कानुनि रुपमा कन्स्पिरेसिको दोहोरो दन्ड वा कार्वाहिबाट बच्नुहोला। केहि हुदैन र कसैले थाहा पाउदैन भन्ने नाममा तपाइले सम्पति वा जायजेथा राखिराख्नु भयो र यो गोप्यता भोलि अनुसन्धानमा पर्दा अमेरिकि सरकार र नेपाल सरकारको दुबै कानुनि झमेला पर्न सक्नुहुनेछ। पारदर्शिता अपनाइ बेलैमा आर्थिक एबम मानसिक क्षतिबाट बच्नुहोस।
अब अमेरिकि नागरिकता प्राप्त हुदा तपाइलाइ यहाको आर्थिक, कानुनि, सामाजिक बेनेफिट, राज्यको रिटायर्डमेन्ट बेनेफिट एबम कुनै पनि नागरिक नैसर्गिक आर्थिक, सामाजिक, राजनैतिक एबम सबै खाले बेनेफिटबाट लाभान्वित हुनुहुनेछ यदि तपाइ अमेरिकामै बस्ने हो भने। भबिश्यमा ब्यबसायिक एबम सामाजिक सुरक्षा र राजनैतिक सरक्षणको बेनेफिट त अर्को महत्वपुर्ण छदैछ। त्यसैले लोभले लाप, लापले बिलाप चाहि नहोस।
लेखक : पूर्व पत्रकार र हाल अमेरिकामा ब्यवसायको क्षेत्रमा हुनुहुन्छ ।